सप्तऋषि नवनिर्मित मन्दिरको रुद्राभिषेक फागुन १६ गते | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

सप्तऋषि नवनिर्मित मन्दिरको रुद्राभिषेक फागुन १६ गते

काठमाडौं,१ फागुन । सप्तऋषि मन्दिर संरक्षण तथा व्यवस्थापन समितिद्धारा निर्मित मन्दिरको समुद्घाटन,लघुरुद्राभिषेक तथा पूजा कार्यक्रम आगामी फागुन १६ गते हुने भएको छ ।

आगामी फागुन १६ गते बिहान १० बजे पूजा शुरु भई मन्दिरको समुद्घाटन भने दिउँसो १ बजे हुने कार्यक्रम रहेको छ ।  त्यसैगरी साढे १२ बजे बेलपत्र चढाउने र दिउँसो २ बजे प्रसाद ग्रहण कार्यक्रम रहेको व्यवस्थापन समितिले जनाएको छ ।

पोखरा–१८, सराङ्कोटको पँदेलीस्थित बागेश्वरी परिसरमा आयोजना गरीएको समुदघाटन कार्यक्रममा सप्तऋषि मन्दिरलाई १ हजार रुपैयाँ भन्दा माथि दान गर्नेहरुलाई रुद्राक्षको माला प्रदान गरिनेछ ।

व्यवस्थापन समितिको अनुसार ५ हजार भन्दा माथि दान गर्नेलाई दानबीरलाई सम्मानपत्र र फ्रेम र १० हजार भन्दा माथि दान गर्ने दानवीरलार्ई सम्मानपत्र,फ्रेम र शिलालेखमा नाम अंकित गरिनेछ ।

Leave a Reply