काठमाडौं,२९ माघ । प्रहरीले सुनसरीबाट भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा भण्डै २ करोड रुपैंयाको नक्कली नोट फेला परेको छ ।
सुनसरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो । सुनसरीकाअनुसार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो ।
नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेका छन् । सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले शंकास्पद अवस्थाको बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकर खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको हो ।
बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ । गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पक्राउ परेका छन् । गाडीमा सवार अर्का व्यक्ति भने फरार रहेको प्रहरीले बताएको छ । सुनसरी प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।