कटुवा पेस्तोलसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

कटुवा पेस्तोलसहित एक जना पक्राउ

pestol

सिरहा,२८ माघ । कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । सिरहा नगरपालिका–७ स्थितबाट कटुवा पेस्तोल १ थानसहित औरही गाउँपालिका–४ कमलपुर घर भएका २० वर्षीय सरोज कुमार यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका३ का २२ वर्षीय संजित कुमार यादवसमेत सँग विवाद भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले विवादमा संलग्न सरोजलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);