तीन संसदीय समितिको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

तीन संसदीय समितिको बैठक आज

काठमाडौं,२८ माघ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान १० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।

बैठकमा अध्यागमनमा देखिएको समस्या, मानव तस्करी र गृह मन्त्रालयसँग सम्बन्धित विषयमँ छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गौतमबुद्धको अस्तिधातु समाधिस्त गरिएको रामग्राम क्षेत्रमा उत्खनन तथा बौद्ध स्तुपा निर्माण लगायतका विषयमा लुम्बिनी विकास कोष र द प्रमिसड ल्याण्ड प्रा.लि.बीच भएको समझदारी सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);