क्यानडासँगको एकदिवसीय श्रृंखला नेपाललाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

क्यानडासँगको एकदिवसीय श्रृंखला नेपाललाई

काठमाडौं, २७ माघ ||
नेपालले शनिवार क्यानडासँगको दोस्रो एकदिवसीयमा चार विकेटको जित निकाल्दै श्रृंखला आफ्नो पक्षमा पारेको छ ।
घरेलु मैदान कीर्तिपुरमा नेपालले तेस्रो खेलमा क्यानडालाई हराउँदै तीन खेलको श्रृंखलामा २–० को अग्रता बनाएको हो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेल र देव खनालले एक सय ५० रनको साझेदारी गरे । त्रिवी क्रिकेट मैदानमा दुई सय ८६ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । तीन ब्याटर ओपनर अनिल साह, कप्तान रोहित र देवले अर्धशतक बनाउँदा नेपालले सहज जित निकाल्यो । अनिलले ५० रन, रोहितले ८७ रन र देवले ७६ रनको योगदान दिए ।
ओपनर अनिलले आक्रामक ब्याटिङ गर्दै नेपाललाई राम्रो शुरुवात दिलाए । उनले पहिलो विकेटका लागि आसिफ सेखसँग ५५ रनको साझेदारी गरे । अनिलको आक्रामक ब्याटिङप्रेरित नेपालले ४.४ ओभरमा नै यो साझेदारी बनाएको हो । ईश्वरज्योत सोहीले आसिफलाई १० रनमा नै आउट गर्दै पहिलो झड्का दिए । दोस्रो विकेट पनि सोहीले नै लिए । थप ९ रन जोड्दा अनिल आउट हुन पुगे । २० बल खेलेका अनिलले सात चौका र तीन छक्का प्रहार गरे । ६.३ ओभरमा नेपाल ६४÷२ को अवस्था पुग्यो ।
तर, त्यसपछि कप्तान रोहित र देवले धैर्यपूर्वक ब्याटिङ गर्दै नेपाललाई जितको आधार बनाए । हर्ष ठाकरेले ३४ औं ओभरमा देवलाई कट एण्ड बोल्ड गर्दै साझेदारी तोडे । देवले ८१ बलमा सात चौका र दुई छक्का प्रहार गरे । रोहितले चौथो विकेटका लागि भीम सार्कीसँग ३९ रनको साझेदारी गर्दै जिततर्पm अग्रसर गराए । ४० औं ओभरमा भीम २३ रनमा दिलप्रित बाज्वाद्वारा आउट भए । उनले २१ बलमा चार चौका हिर्काए । त्यसपछि १४ रन जोड्दा नेपालले थप दुई विकेट गुमाए । क्यानडाका कप्तान साद बिन जफरले कप्तान रोहितलाई आउट गर्दै पाँचौं विकेट दिलाए ।
रोहितले १०१ बल खेल्दै आठ चौका र चार छक्का प्रहार गरे । त्यसपछि आएका पवन सर्राफ पनि दुई चौका र एक छक्कासहित १४ रन बनाएर आउट भए । तर सोमपाल कामी र कुशल मल्ल समान ९ रनमा अविजित रहँदै जित दिलाए । क्यानडाको बलिङमा हर्ष र सोहीले समान दुई विकेट लिँदा कप्तान साद र दिलप्रीतले समान एक विकेट निकाले । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले शुरुदेखि नै आक्रामक ब्याटिङ ग¥यो । मध्य ओभरमा नेपाली बलरले दबाब बनाए पनि क्यानडाले निर्धारित ५० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा दुई सय ८६ रनको लक्ष्य प्रश्तुत ग¥यो ।
क्यानडाका शिर्ष क्रमको ब्याटिङ चलेपछि नेपालले चुनौतिपूर्ण लक्ष्य पाएको हो । क्यानडाका ओपनरद्वय आरोन जोनसनले सर्वाधिक ६५ रन र नवनित धलिवालले ४६ रन बनाए । आक्रामक ब्याटिङ गर्दै यो जोडीले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे । डेब्युटेन्ट आकाश चन्दले नवनितलाई विकेटकिपर आसिफ सेखबाट क्याच गराउँदै यो साझेदारी तोडे । नवनितले ६० बलमा ६ चौका प्रहार गरे । २३औं ओभरमा आरोन रनआउट भए । ६२ बल खेलेका आरोनले १० चौका र दुई छक्का प्रहार गरे ।
ओपनरद्वय पभेलियन फर्किएपछि नेपालले रनको गति कस्न थाल्यो । यद्यपि पर्गत सिंह र निकोलस किर्तनले धैर्यपूर्वक ब्याटिङ गरे । यो जोडीले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाए । कप्तान रोहितकुमार पौडेलले पगर्तलाई ३८ रनको आउट गर्दै साझेदारी तोडे । ३१.२ ओभरमा क्यानडा १७९÷३ को स्थितिमा थियो । थप १४ रन जोड्दा दुई विकेट गुमाएपछि क्यानडा दबाबमा प¥यो । यस क्रममा किर्तन २० रनमा र हर्ष ठाकरे ३ रनमा नै पभेलियन फर्किए । यससँगै ३४.५ ओभरमा क्यानडा १९३÷५ को अवस्थामा पुग्यो । त्यसपछि नेपालका बलरले कसिलो गर्दा क्यानडाले समालिएर खेल्ने प्रयास ग¥यो ।
तर कुशल मल्लले दिलप्रीत बाज्वालाई १९ रनमा बोल्ड गर्दै क्यानडाको छैटौं विकेट पतन गराए । दिलप्रितले २० बलमा दुई छक्का र एक चौका हिर्काए । कुशलले लगत्तै कप्तान साद बिन जफरलाई १ रनमै पभेलियन फर्काउँदै खेलमा पकड जमाए । ४१ औं ओभरमा क्यानडा २१६÷७ को स्थितिमा पुग्यो । तर विकेटकिपर श्रेयस मोभ्भाले आठौं र नवौं विकेटका लागि साझेदारी गर्दै क्यानडालाई राम्रो योगफलतर्पm अग्रसर गराए । श्रेयसले क्रमशः साहिद अहमदजाईसँग २३ रन र उदय भागवानसँग ४६ रनको महत्वपूर्ण साझेदारी गरे ।
साहिद १३ रनमा पवन सर्राफद्वारा बोल्ड भए । श्रेयस ४० रनमा इनिङको अन्तिम बलमा आउट भए । सोमपालद्वारा आउट हुनुअघि श्रेयसले ४० बलमा चार चौका प्रहार गरे । उदय २० रनमा नटआउट रहे । उनले १५ बलमा समान एक चौका र छक्का हिर्काए । नेपालको बलिङमा रोहित र कुशलले समान दुई विकेट लिँदा सोमपाल, सूर्य तामाङ, आकाश चन्द र पवनको नाममा समान एक विकेट रह्यो । नेपालले अब तेस्रो तथा अन्तिम खेल आगामी सोमबार खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);