एसिसी महिला प्रिमियर कप खेल्ने टोलीको बिदाई | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

एसिसी महिला प्रिमियर कप खेल्ने टोलीको बिदाई

काठमाडौं,२६ माघ । एसिसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाई गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको हो ।

उनीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले बिदाई गरेका हुन् । मलेसियामा हुने खेलमा नेपालसहित आयोजक मलेसिया, संयुक्त अरब ईमिरेट्स (युएई), थाइल्यान्ड, इण्डोनेसिया, हङकङ, चीन, म्यानमार, भूटान, बहराइन, कुवेत ओमन सिंगापुर, जापान, कतार र माल्दिभ्सले सहभागिता जानउने छन् । प्रतियोगिता आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुँदैछ ।

प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल पुग्ने टोली सन् २०२४ को एसिसी महिला एशिया कपका लागि छनोट हुनेछन् । नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, काजल श्रेष्ठ, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, विन्दु रावल, अस्मिना कर्माचार्य, यशोदा बिष्ट, खुसी डंगोल, सबनम राई, रोमा थापा, संगीता राई, सम्झना खड्का, पुजा महतो, कविता कुँवर रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);