२०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० मा के छ ? | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

२०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० मा के छ ?

काठमाडौं,२५ माघ । राष्ट्रिय सभाबाट राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्वसम्मतिले स्वीकृत भएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन प्रतिवेदन, २०८० माथि विचार गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । उक्त प्रश्तावमाथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नको समितिका सभापति आलेमगरले जवाफ दिनुभएको थियो ।

उक्त प्रतिवेदनमाथि संशोधन राख्न चाहने सांसदले ७२ घण्टाभित्र आफ्नो संशोधन दर्ता गर्नसक्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई जानकारी गराउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);