काँग्रेस र माओवादीको सहकार्यमा नयाँ सरकार बन्न सक्छ : विजुक्छे | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

काँग्रेस र माओवादीको सहकार्यमा नयाँ सरकार बन्न सक्छ : विजुक्छे

भक्तपुर, ११ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले काँग्रेस र माओवादी केन्द्रबीचको सहकार्यमा नयाँ सरकार बन्न सक्ने सम्भावना रहेको बताएका छन् ।

अध्यक्ष विजुक्छेले एमाले र माओवादी केन्द्रबीच पदीय भागबण्डा नमिले सरकार काँग्रेस र माओवादी केन्द्रबीचको सहकार्यमा बन्न सक्ने धेरै सम्भावना रहेको तर्क पेश गरे ।

बिहीबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले काँग्रेसलाई पछि पार्न एमालेले माओवादीसँग चुनावी गठबन्धन गरेपनि पदीय भागबन्डा नमिल्दा दुई दलबीच पार्टी एकता प्रक्रियाले गति नलिएको आशंका गरे ।

अध्यक्ष विजुक्छेले दुर्गम क्षेत्रका जनतालाई सेवा दिन पनि प्रदेशको राजधानी काठमाडौं उपत्यकामा बनाउन उपयुक्त नहुने धारणा आफ्नो पार्टीको रहेको स्पष्ट पारे ।

भक्तपुरमा प्रदेश नम्बर ३ को राजधानी बनाउन नहुने अभिव्यक्तिपछि आफ्नो आलोचना भईरहेकोतर्फ संकेत गर्दै अध्यक्ष विजुक्छेले दुर्गम क्षेत्रका जनतालाई सेवा, सुविधा दिन संघहरु बनेकाले त्यसको राजधानी पनि दुर्गभ भेगमै हुनुपर्ने आफ्नो धारणा रहेको स्पष्ट पारे । अध्यक्ष विजुक्छेले प्रदेशले धान्न नसक्ने गरी प्रदेश सरकार गठन गर्न नहुने सुझाव दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);