काठमाडौं, २२ माघ ||
गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताउनुभएको छ । आईतवारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै सोमवार गृहजिल्ला झापा आइपुग्नुभएकी गायिका पौडेलले नेपालले संगीत क्षेत्रमा अझ धेरै मेहनत गर्ने प्रेरणा दिएको बताउनु भयो । भारतको रियालिटी शोमा आफू उत्कृष्ट दशमा पुग्नु नै आफ्नो लागि ठूलो सफलता भएको उहाँले बताउनु भयो । उहाँले आफूले नसोचेको सफलता हात पार्दा धेरै नै खुशी मिलेको बताउनु भयो । उहाँले यस्तो सफलता आफूले बिरलै पाउने बताउनु भयो । बलिउडमा धेरै गीतहरु गाउनका लागि अफर आइरहेको बताउनु भयो । गायिका पौडेललाई सोमवार झापामा साहित्य चौतारी तथा सप्तक संगीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेका थिए । उहाँले २०७४ सालमा नेपाल आइडलमासमेत प्रतिष्पर्धा गर्नु भएको थियो ।
इण्डियन आइडल टप १० बाट बाहिरिएपछि मेनुकाले भनिन्ः नसोचेको सफलता हात पारेँ
ताजा समाचार
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
१२ घन्टा अघि
भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगर
१ दिन अघि