भरूवा बन्दुकसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

भरूवा बन्दुकसहित एक जना पक्राउ

पाँचथर,१९ माघ । भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । फिदिम नगरपालिका–११ फलाँटे तिरूवाखाल बस्ने ४५ वर्षीय भीम भन्ने भगेन्द्र घिमिरेलाई भरूवा बन्दुक १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने ५३ वर्षीय मेघराज आङबो हाइड्रोतर्फ जाने क्रममा भगेन्द्रले भरूवा बन्दुक अचानक पड्काउँदा बन्दुकको छर्राले लागेर मेघराज घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथर समेतबाट खटिएको प्रहरीले उनलाई फिदिम नगरपालिका(१ साब्राङ भन्ने स्थानबाट पक्राउ गरेको हो । साथै घाइते मेघराजलाई जिल्ला अस्पताल हुँदै थप उपचारको लागि बिएण्डसी अस्पताल विर्तामोड झापा रिफर गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply