काठमाडौं,१८ माघ । सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले मलेसियाको १७ औँ राजाको रूपमा शपथ लिनु भएको छ ।
क्वालालम्पुरको राष्ट्रिय दरबारमा विशेष समारोहबिच सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले मलेसियाको १७ औँ राजाको रूपमा शपथ लिनु भएको हो ।
पेराक राज्यका शासक सुल्तान नाजरिन शाह आगामी पाँच वर्षसम्म राज्यको उप–प्रमुखको रूपमा रहनु हुने अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । शपथ समारोहमा प्रधानमन्त्री अनवर इब्राहिमसहित क्याबिनेट मन्त्रीहरूको पनि उपस्थिती थियो । पूर्ववर्ती पाहाङ राज्यका शासक सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहको कार्यकाल पूरा भएपछि इस्कन्दरको नियुक्ति भएको हो ।
मलेसिया संवैधानिक राजतन्त्रात्मक मुलुक हो । यहाँ नौ सुल्तान वा शासकहरू छन् । उनीहरूले आ–आफ्नो राज्यको नेतृत्व गर्छन् र पाँच वर्षको कार्यकालका लागि पालैपालो राजा बन्ने मलेशियाको संविधानले व्यवस्था गरेको छ