‘नीतिको नाममा आफूलाई अघि सारेर देशलाई पछि पार्ने काम गर्न हुँदैन्’ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

‘नीतिको नाममा आफूलाई अघि सारेर देशलाई पछि पार्ने काम गर्न हुँदैन्’

काठमाडौं,१७ माघ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्यका लागि सबै राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने बताउनुभएको छ । मुलुकलाई अघि बढाउनका लागि भ्रष्टाचारलाई शुन्यतामा पु¥याउनुपर्ने भएकाले त्यसका लागि सबै राजनीतिक शक्तिहरु एकतावद्ध र प्रतिवद्ध भएर लाग्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो । मंगलवार काठमाडौंमा अयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले आफ्ना विगतका अभिव्यक्तिहरु पनि देश विकासका लागि एकतावद्ध प्रयास गर्नुपर्नेमा केन्द्रित रहेको बताउनु भयो । अध्यक्ष ओलीले राष्ट्रिय आत्मविश्वास जगाएर मुलुकलाई बनाउन सकिने पनि दोेहो¥याउनु भयो । ओलीले नीतिको नाममा आफूलाई अघि सारेर देशलाई पछि पार्ने काम गर्न नहुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय आय बढाउनु पर्दछ । त्यसको लागि सुशासन, पारदर्शीता । त्यसका लागि भ्रष्टाचार न्युनता र शुन्यता । त्यस स्थितिमा नलाने हो भने देश कसरी बन्छ ? त्यसकारण सबै कुराको सारतत्व हामी देश विकास गर्नसक्छौं । तर प्रतिवद्धता र प्रतिवद्ध प्रयास चाहिन्छ । सही बाटोमा अघि हिँड्नुपर्छ । मैले विगतमा संसदको प्रश्तुत गरेका अभिव्यक्तिहरुमा होस् अथवा अघिपछिका अभिव्यक्तिहरुमा पनि यिनै कुराहरु आएका छन् । मलाई लाग्छ–यस कुरामा देश एकजुट भएर अघि बढ्नुपर्दछ । राष्ट्रिय एकता, राष्ट्रिय संकल्प, राष्ट्रिय प्रतिवद्धता, राष्ट्रिय आत्मविश्वास यसका साथ अगाडि बढ्न जरुरी छ । ’

अध्यक्ष ओलीले देशको विकासको कामलाई अघि बढाउन राष्ट्रिय सकल्पका साथ अघि बढ्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);