मालदिभ्सको संसदमा सत्ता पक्ष र विपक्षी सांसदबीच झडप | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

मालदिभ्सको संसदमा सत्ता पक्ष र विपक्षी सांसदबीच झडप

एजेन्सी,१५ माघ । मालदिभ्सको संसदमा विपक्षी र सत्ता पक्षका सांसदबीच झडप भएको छ । गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी एमडीपीले विरोध जनाएपछि भएको झडपमा परी केही सांसद घाइते समेत भएको अन्तराष्ट्रिय संचार माध्यामहरुले जनाएका छन् ।

प्रस्तावित मन्त्रीहरुको नाम संसदबाट पास गर्ने विषय नै झडपको कारण भएको बताइएको छ । विवाद बढ्लै जाँदा सत्ता पक्ष र प्रतिपक्षीबीच हात हालाहाल नै भएको हो । कुटपिटबाट केही सांसदको टाउकोमा चोट लागेको छ । एक जना सांसदलाई त उपचारका लागि अस्पतालमै पुर्याउनु परेको छ । संसदमा भएको यो झडपको भिडियो सामाजिक सन्जालमा भाइरल छ । मालदिभ्समा प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स र पिपल्स नेशनल कांग्रेस पीपीएम) र पीएनसीको गठबन्धन सरकार छ । ‘इण्डिया आउट’ नारा दिँदै चुनाव जितेका मोहम्मद मुइज्जुको नेर्तत्वको सरकारलाई चीन निकट मानिन्छ ।

अर्कोतर्फ मालदिभ्सको विपक्षी दल भारतसँग निकट छ । वर्तमान सरकारले भारतसँग सम्बन्ध बिगारेको भन्दै विपक्षी दलले सरकारको कडा आलोचना गर्दै आएको छ । विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपीले सरकारले नियुक्त गर्न खाजेका चार सदस्यको विरोध गरेपछि संसदमा मतदान हुनु अगाडि झडप भएको हो । त्यसपछि मन्त्रिपरिषदका सदस्यको नियुक्ति प्रस्ताव पास गर्ने विषयमा भोटिङ हुन पाएन । गठबन्धन सरकारले आवास, भूमि तथा शहरी विकास मन्त्री डा. अली हैदर, इस्लामिक मामिला मन्त्री मोहमद शहीम अली सईद, आर्थिक तथा व्यापार विकास मन्त्री मोहम्मद सईद र महान्यायाधिवक्ता अहमद उशमलाई नियुक्त गर्न चाहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);