चोरबाटोबाट एमसीसी संसदमा छिराउने प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चोरबाटोबाट एमसीसी संसदमा छिराउने प्रयास

काठमाडौ,। सत्ता गठवन्धन र प्रतिपक्षबीच नै सहमति नभएपछि चाोरबाटो प्रयोग गरेर एमसीसी संसदमा छिराउने प्रयास भएको छ। यस बिषयमा प्रधानमन्त्री शेरबहादर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा सभामुखबीच यो साता छलफल भएको थाहा भएको छ।

प्रतिनिधिसभा पुन स्थापनापछि एमालेबाट अलग भएका १४ साँसदलाई कारबाही गर्नूपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले संसद अवरुद्ध पार्दै आएको छ। यस बिषयमा सरकार पक्ष र प्रतिपक्ष आ आफ्नो अडानमा टसमस भएका छैनन् ।

एमसीसी संसदमा प्रवेश नभएपछिको झोक सत्ता गठबन्धनले सर्बोच्चमा पोखेको छ। उसले संसदमा पारित नहुने’ महभयोग प्रस्ताव प्रधानन्यायाधीश विरुद्ध दर्ता गरेको छ। बदलामा एमालेले पनि सभामुख र सर्बोच्चका चार न्यायाधीशविरुद्ध महाभयिाग प्रस्ताव दर्ता गर्ने बिषयमा छलफल शुरु गरेको छ ।

प्mागुन ४ गते संसदमा एमसीसी टेबुल गर्ने तयारी सरकारले गरेको छ। स्रोतका अनुसार एमालेले ताारो बनाउदै आएका सभामुख अग्नी प्रसाद सापकोटा सो प्रक्रियामा सामेल हुने छैनन् । त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवा र माओावादीका अध्यक्ष समेत सो प्रक्रिायमा सामेल हुने छैनन्।

उनीहरुको अनुपस्थितिमा नै एमसीसी पारित गर्ने तयारी भएको स्रोतले बतायो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);