महाअभियोग प्रस्तावः सत्ता गठवन्धनको चरम दुरुपयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महाअभियोग प्रस्तावः सत्ता गठवन्धनको चरम दुरुपयोग


काठमाडौ । आइतबार बिहान घडीले दश बज्नै लाग्दा संसदमा प्रधानन्यायाधीशविरुद्घ महाअभियोग प्रस्ताव दर्ता भयो । नेपालको राजनीतिमा यो यति छिटो विकास भएको घटना हो कि दर्ता हुनुअघि सम्म कसैलाई थाहा थिएन ।

आखिर यसबेला आएर किन राणाविरुद्घको प्रस्ताव दर्ता भयो ? यो प्रश्न उठेको छ। यसबेला एमसीसीको विवाद एका तर्फ छ । यसका कारण सत्ता गठबन्धन धरमराएको प्रमुख प्रतिपक्ष एमालेको माग पुरा गरेर एमसीसी पारित गर्न सभामुखमाथि महाअभियोग लगाउनु पथ्र्यो अथवा एमालेबाट फुटेका १४ साँसदलाई पद रिक्त भएको सूचना प्रकाशन गर्नुपथ्र्यो । तर उल्टै प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भएको छ। यसलाई भन्छन् छोरी कुटेर बुहरी तर्साउने ।

राणाविरुद्दको महाअभियोगको अर्थ सत्तासीन दल एकीकृत नेकपामा समाजावादीको गठबन्धन जोगाउनका लागि थियो । आईतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको एकीकृत समाजवादीका १४ सांसदको पद खारेजीको माग थियो । सो पार्टीको दर्ता जोगाई राख्न सत्ताको चरम दुरुपयोग गर्दैै राणाविरुद्द महाभियोग प्रस्ताव दर्ता गरेको बताईएको छ । आइतबार देखि प्रधान्यायाधीश राणा स्वतः निलम्बन भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);