सवोच्च फर्किनै नपाई ‘रिडायर्ड’ भए चोलेन्द्र, सर्वोच्चले दिएन विदाई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सवोच्च फर्किनै नपाई ‘रिडायर्ड’ भए चोलेन्द्र, सर्वोच्चले दिएन विदाई

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त भएका छन् । एक वर्षयता विवाद र महाअभियोगको सामना गरेका जबरा ६५ वर्षे उमेरहदका कारण मंगलबारबाट सेवानिवृत्त भएका हुन् ।

‘६५ वर्षे उमेरहदका कारण उहाँ (जबरा) मंगलबारबाट अनिवार्य अवकाश पाउनु भएको छ,’ सर्वाेच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । २८ मंसिर २०१४ मा जन्मिएका जबरा ६५ वर्षे उमेरहदका कारण सेवाबाट अनिवार्य अवकाश पाएका हुन् । उनले १८ पुस २०७५ मा पद तथा गोपनीयताको शपथ लिएर प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए ।

गत १ फागुनमा जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । विधिको शासन, सवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न नसकेको, न्यायपालिकाभित्र विकृति, विसङ्गति, भ्रष्टाचार तथा बिचौलियाहरूले प्रवेश पाएको र रोक्न नसकेको, पदीय मर्यादा र आचरणविपरीत कार्य गरेको लगायत २१ वटा आरोपसहित जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

जुन प्रस्तावको प्रतिनिधिसभामा विचाराधीन छ । नयाँ संसदले उक्त प्रस्ताव स्वीकार्ने वा नस्वीकार्ने भन्नेमा दलहरुबीच मतभेद कायमै रहेका बेला जबराले अनिवार्य अवकाश पाएका हुन् ।

महाअभियोग प्रस्ताव दर्ता हुनुअघि जबराविरुद्ध सर्वाेच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनले आन्दोलन गरेको थियो । जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन, सर्वाेच्च अदालत बारले मात्र होइन सहकर्मी न्यायाधीशहरु समेतले आन्दोलन गरेका थिए ।

लामो समय न्यायाधीश र अधिवक्ताहरुको आन्दोलन चलिरहेका बेला जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले जबरालाई महाअभियोग लगाउनुपर्ने कारणसहित प्रतिवेदन बुझाएको थियो । तर, उक्त प्रतिनिधिसभाको कार्यकाल समाप्त भयो र नयाँ प्रतिनिधिसधा गठन भएको छैन ।

यस अवस्थामा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको जबराले बताउँदै आएका छन् । सोहीअनुसार संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमबाट अघिल्लो हप्ता २१ मंसिरमा महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र लिएर सर्वाेच्च अदालत छिर्ने जबराको प्रयास असफल भयो । सर्वाेच्च अदालतले उक्त पत्र कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएपछि जबराको सर्वाेच्च फर्किने प्रयास अफल भयो ।

महाअभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबरा सर्वाेच्च अदालत नफर्की मंगलबार उमेरहदका कारण सेवानिवृत्त भए । जबरा निलम्बनमा परेपछि वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीशका रूपमा कार्यभार सम्हालिरहेका छन् ।

बिदाइ कार्यक्रम राखेको छैन: सर्वाेच्च अदालत

सर्वाेच्च अदालतले जबराको बिदाइ कार्यक्रम नगर्ने भएको छ । जबरा मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त भएका छन् ।

गत १ फागुनमा संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका जबरा सर्वाेच्च अदालत नफर्की बिदा भएका हुन् । सर्वाेच्च अदालतले औपचारिक रुपमा उनको बिदाइ नगर्ने भएको छ ।

‘उहाँ (जबरा)ले आजबबाट ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउनु भएको छ,’ सर्वाेच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले भने, ‘उहाँको बिदाइ सर्वाेच्चले गर्दैन । बिदाइ कार्यक्रम पनि राखेको छैन ।’

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);