लगानीमा अलमल बैंकको मुद्दती निक्षेपमा सीमित भयो योगदानकर्ताको पैसा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

लगानीमा अलमल बैंकको मुद्दती निक्षेपमा सीमित भयो योगदानकर्ताको पैसा

samajik surakhsya kosh

काठमाडौं,१० माघ । योगदानमा आधारित सामाजिक सुरक्षा कोष एसएसएफमा तरलता थुप्रिएको छ । सामाजिक सुरक्षा कोषको पछिल्लो तथ्यांक अनुसार माघ ८ गतेसम्म योगदानकर्ताको रकम मात्र ४८ अर्ब १२ करोड २६ लाख रुपैयाँ जम्मा भएको छ ।

जुन औपचारिक तथा अनौपचारिक क्षेत्रका १० लाख ७३ हजार ८३१ जना योगदानकर्ताहरूले बचत रकम हो । यस्तै विभिन्न क्षेत्रमा गरेको सामान्य लगानीबाट प्राप्त रकम समेत जोड्दा ५७ अर्ब रुपैयाँ तरलता पुगेको कोषले जनाएको छ । यति धेरै रकम बचत रहँदासमेत कोषले स्पष्ट योजना तय नगर्दा उचित लगानीको अभावले पैसा त्यसै थुप्रिन पुगेको हो ।

कूल संकलित ४८ अर्ब १२ करोड रुपैयाँमध्ये ७ अर्ब २२ करोड रुपैयाँ योगदानकर्ताहरूको दावी भुक्तानी गर्ने बाहेक अरू पैसा बैंकको मुद्दती निक्षेपमा राखिएको छ । आर्थिक वर्ष २०७९÷८० को वित्तीय रिपोर्ट अनुसार पनि कोषको कूल नगद सम्पत्ति ५७ अर्ब ५५ करोड ३३ लाख ९९ हजार ३९० रुपैयाँ ७८ पैसा रहेको छ । सोमध्ये, ९१.९५ प्रतिशत अर्थात् ५२ अर्ब ८५ करोड ६८ लाख ४२ हजार ११९ रुपैयाँ ९६ पैसा बैंकमा निक्षेप राखेको कोषको वार्षिक प्रतिवेदनमा उल्लेख छ । बाँकी १ अर्ब १९ करोड ६३ लाख ३८ हजार ५१९ रुपैयाँ ८७ पैसा योगदानकर्तालाई सापटी दिइएको छ । अरू १ अर्ब ६८ करोड ३८ लाख ७७ हजार ९९५ रुपैयाँ ५५ पैसा अन्य लगानीका क्षेत्र विविध ऋणपत्र तथा धितोपत्र खरिद गरिएको छ ।

‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधिअनुसार कोषले योगदान रकमको अधिकतम ९४ प्रतिशत लगानी गरेको छ । बाँकी ६ प्रतिशत तरलता मौज्दात रहेको छ, । कार्यविधिले संकलित योगदान रकम बैंकमा निक्षेप राख्ने, विभिन्न सरकारी बण्ड तथा ऋणपत्रहरु खरिद गर्नेदेखि ठुला परियोजनाहरूमा लगानी गर्न सक्नेसम्मको बाटो खोलेको छ । तर, कोष नै लगानीका सम्बन्धमा अलमलमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);