जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदै | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदै

अयोध्या,८ माघ । भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको खुशीयालीमा आज जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदैछ । दीप प्रज्वलन कार्यक्रमका लागि जनकपुरमा भव्य तयारी गरिएको छ ।

जनकपुर मन्दिर परिसरलाई फूल र मालाले सजाइएको छ । साथै मन्दिर परिसरमा दीप प्रज्वलनका लागि दियो ठिक पारिएको छ । मन्दिर परिसरमा फूलले जय श्रीराम लेखिएको आकर्षक दृश्य देख्न सकिन्छ ।

परिसरमा फूलबाट नै धनुष र रामको चित्र बनाइएको छ । अयोध्यामा १८ अर्ब भन्दा बढीमा राम मन्दिर बनेको हो । कार्यक्रममा सहभागी हुन नेपालबाट पनि वैदिक सत्य सनातन हिन्दुधर्मावलम्वीहरुको सहभागिता रहेको छ । प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधाम लगायतका विभिन्न स्थानमा दीपावली मनाउने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);