इजरायलसँग बदला लिने इरानको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८१, शनिबार

इजरायलसँग बदला लिने इरानको घोषणा

एजेन्सी,८ माघ । सिरियाको राजधानीमा भएको हवाई आक्रमणमा इरानी सुरक्षा बलका पाँच वरिष्ठ सदस्य मारिएपछि इरानका राष्ट्रपतिले यसको जवाफ दिइने चेतावनी दिनुभएको छ । राष्ट्रपति इब्राहिम रायसीले यस हमलाको लागि इजरायललाई जिम्मेवार ठहर गर्नुभएको छ । यस हमलामा सिरियाली सुरक्षा बलका धेरै सदस्य पनि मारिएका छन् ।

इजरायलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । धेरै वर्षदेखि उसले सिरियामा इरानसँग सम्बन्धित ठाउँहरूलाई निशाना बनाउँदै आएको छ ।अक्टोबर ७ मा हमासले इजरायलमा गरेको हमलापछि सुरु भएको इजरायल–गाजा युद्धका क्रममा यस्ता आक्रमणहरू बढेका छन् । इरानी राष्ट्रपतिको आधिकारिक वेबसाइटमा रायसीले मारिएका अधिकारीहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै उनीहरूको मृत्युको बदला लिने वाचा गर्नुभएको छ ।

उहाँले यो इरानका सम्मानित उच्च पाँच सल्लाहकारको कायरतापूर्ण हत्या भएको बताउनुभएको छ । विज्ञप्तिमा हवाई हमलाहरूलाई आतङ्कवादी र आपराधिक भनिएको छ । इरानको विदेश मन्त्रालयले आक्रमणलाई इजरायलको आक्रामक र उत्तेजक कार्यको रूपमा वर्णन गरेको छ र अन्तर्राष्ट्रिय समुदायलाई यसको निन्दा गर्न आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);