इच्छाराज तामाङ दम्पती सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

इच्छाराज तामाङ दम्पती सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं,८ माघ । संविधानसभा सदस्य तथा पूर्वसांसद इच्छाराज तामाङ दम्पती सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलास आइतबार संविधानसभा सदस्य तामाङ र उनकी पत्नी सिर्जना शाक्य तामाङलाई दोषी ठहर गरेको हो ।

सोही मुद्दामा तामाङ दम्पतीबाहेक थप ४ जना पनि दोषी ठहर भएको विशेष अदालतका उपरजिस्टार धनबहादुर कार्कीले जानकारी दिनुभयो । यो मुद्दाको कसुर निर्धारणका लागि यही माघ २१ गते इजलास तोकिएको छ । उनीहरुविरुद्ध सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङविरुद्ध ३ अर्ब ३१ करोड बिगोसहित उनको जग्गा र सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो । तामाङ दोस्रो संविधानसभामा एमालेको तर्फबाट सांसदसमेत भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);