काठमाडौं,८ माघ । संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था समितिको बैठक स्थगित भएकोछ ।
आज बस्ने भनिएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो । बैठक सञ्चालनका लागि १४ जना आवश्यक हुनुपर्नेमा १० जना सांसद मात्रै उपस्थित थिए ।
कोरम नपुगेपछि आजका लागि तय भएको बैठक यही माघ १४ गते दिउँसो १ बजेका लागि सारिएको छ । बैठकमा अनुगमन मूल्यांकनसम्बन्धी विधेयक एजेन्डा रहेको थियो ।