काठमाडौं,७ माघ । जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले पदबाट राजीनामा दिएका छन् । भट्टराईले माघ ५ गते नै राजीनामा बुझाएका हुन् ।
पछिल्लो समय न्याय परिषदमा तानिएका न्यायाधीश भट्टराईले आफुमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै न्याय परिषदमार्फत प्रधानन्यायाधीशसमक्ष राजीनामा दिएका हुन् ।




