विराटनगर,५ माघ । उच्च अदालत विराटनगरले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको एकल इजलासले धरानका मेयर हर्क साम्पाङले लगाएको ताला खोल्न आदेश दिएको हो ।
केही दिनअघि हर्क साम्पाङ आफैंले उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दी गरे । त्यसपछि स्वास्थ्यमन्त्रीलाई पत्राचार गर्दै हर्कले कार्कीलाई खोजी गरी कारबाही गर्न माग गरेका थिए ।
तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटको सुनुवाइमा उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू /नगराउनू भनी आदेश जारी गरेको हो ।