१२ जेठ, काठमाडौं । सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले कर्मचारीहरुलाई जनताको घरदैलोमा जान निर्देशन दिनुभएको छ ।
मन्त्री बुढाथोकीले राजनीतिक कार्यकर्ताहरु जनताको घरदैलोमा पुगी सकेको उल्लेख गर्दै अव कर्मचारीहरु पनि जनताको घरदैलौमा पुग्न ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो । उहाँले स्थानीय तहको पहिलो निर्वाचनसँगै राजनीतिक कार्यकर्ताहरु जनताको घरदैलोमा पुगिसकेको बताउनु भयो ।
उहाँले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुगेपछि त्यहाँ सहज ढंगले सेवा प्रवाह गर्नु आजको मुख्य चुनौति रहेको धारणा पनि राख्नु भयो । उच्चस्तरीय प्रशासन सुधार तथा कार्यान्वयन, अनुगमन समितिद्धारा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बुढाथोकीले राजनीतिक दलहरुले परिकल्पना गरेको व्यवस्था जनताको घरदैलोमा पुगेपनि त्यस अनुसारको सेवा, सुविधा उपलब्ध गराउने अनुभव भने नरहेको पनि उल्लेख गर्नु भयो ।
मन्त्री बुढाथोकीले कर्मचारीहरुलाई उच्च मनोबलका साथ जनताको घरदैलोमा पु¥याउन सरकार प्रतिवद्ध रहेको पनि स्मरण गराउनु भयो ।