काठमाडौं, १० माघ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले विकास निर्माणको कामलाई तीव्रता दिन लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता गराएलगत्तै ललितपुरको मानभवनस्थित निर्वाचन अधिकृतको कार्यालय परिसरमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले बामगठबन्धनको साझा घोषणा पत्रमा उल्लेख भए अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । त्यस क्रममा वरिष्ठ नेता थापाले समाजवाद निर्माणको आधार तयार पार्ने योजना पनि अघि सारे ।
पूर्व रक्षामन्त्री समेत रहेका थापाले मुलुकको गरिमालाई अझै उचाईमा पु¥याउने दायित्वपनि आफूहरुमाथि रहेको स्पष्ट पारे । प्रतिनिधिसभामा आफ्नो क्षेत्रबाट उम्मेदवारी नपाएका थापा प्रदेश नम्बर ३ बाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनेका छन् । वरिष्ठ नेता थापालाई राष्ट्रिय सभाका अध्यक्षका रुपमा समेत चर्चा गर्न थालिएको छ ।