एजेन्सी,४ माघ । मध्य थाइल्याण्डको एक पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । मध्य थाइल्यान्डको सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
सुफान बुरी प्रान्तका गभर्नर नट्टापट सुवानप्रतिपले विस्फोटक अध्यादेश डिस्पोजल समूह ईओडीलाई उद्धृत गर्दै २३ जनाको मृत्यु पुष्टि भएको रिपोर्ट प्राप्त गरेको जानकारी गराउनु भएको छ । बिस्फोटको कारणबारे कुनै संकेत प्राप्त भएको छैन । विस्फोटको कारणबारे अनुसन्धान भइरहेको र घटनास्थलको वरपरकाका क्षेत्रमा कुनै क्षति नभएको बताइएको छ ।
थाइ प्रधानमन्त्री श्रेथाले मृतकका परिवारप्रति दुःख व्यक्त गर्दै कारखाना संचालनको कानूनीपक्षहरु छानबिन गर्न आदेश दिनु भएको छ । थाइल्याण्डमा पटका र अन्य आतशबाजी उत्पादन गर्ने कारखानाहरूमा विस्फोट सामान्य नै हो । गत वर्ष दक्षिणी नाराथिवाट प्रान्तको सुङ्गई कोलोक सहरमा एउटा आतशबाजीको गोदाममा विस्फोटहुँदा १० जनाको मृत्यु भएको थियो । गत वर्ष नै उत्तरी सहर चियाङ माईमा पटका कारखानामा विस्फोट हुँदा ११ जना घाइते भएका थिए ।