रास्वपाद्धारा दबाब यात्रा गर्न २७ आयोजनाको प्रारम्भिक सूची सार्वजनिक,६ सदस्यीय कार्यदल गठन | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

रास्वपाद्धारा दबाब यात्रा गर्न २७ आयोजनाको प्रारम्भिक सूची सार्वजनिक,६ सदस्यीय कार्यदल गठन

काठमाडौं, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दबाब यात्रा गर्न २७ आयोजनाको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।  रास्वपाको केन्द्रीय समितिको बैठकले निर्माण सुस्त भइरहेका आयोजना केन्द्रित दबाब कार्यक्रम गर्ने निर्णय गर्दै दबाब यात्रा गर्न २७ आयोजनाको प्रारम्भिक सूची सार्वजनिक गरेको गरेको हो ।

प्रारम्भिक चरणमा २७ आयोजनालाई प्राथमिकताको सूचीमा राखेको रास्वपाले आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मिति समेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा श्रीराम न्यौपाने, विपिन कुमार आचार्य,, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटुवाल र खुस्बु सरकार श्रेष्ठ रहनु भएको छ । दबाब कार्यक्रम गर्ने आयोजनाको प्रारम्भिक सूचीमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकलाई पहिलो नम्बरमा राखिएको छ । यसैगरी धरहरा र मेलम्ची खानेपानी आयोजना लगायत छन् ।

विभिन्न मितिमा ठेक्का लागे पनि निर्माण निकै सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले दबाब यात्रा गर्न लागेको हो । यसअघि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा नारायणगढ–बुटवल सडकखण्डको ११३ किलोमिटर पदयात्रा गरेको रास्वपाले थप आयोजनाहरुको सूची पनि सार्वजनिक गरेको हो ।

सम्पन्न हुन नसकेको योजनाहरुमा दबाब यात्रा गरेर सरकारलाई खबरदारी गर्ने रास्वपाको उद्देश्य हो । दबाब यात्रामा केन्द्रीय नेता र सांसदहरु सहभागी हुने बताइएको छ । सांसदसहित नेताहरु को कहाँ जाने निर्णय अर्को बैठकले गर्ने बताइएको छ । यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले २१ वटा आयोजनामा पदयात्रा गर्ने घोषणा गर्नुभएको थियो । पार्टीका २१ जना सांसदले एक एक वटा आयोजनाको जिम्मा लिएर पदयात्रा गर्ने लामिछानेले बताउनु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);