नेपाली चलचित्रमा विदेशी लगानी ल्याउने पहल भइरहेको छः भुवन केसी | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

नेपाली चलचित्रमा विदेशी लगानी ल्याउने पहल भइरहेको छः भुवन केसी

bhuwan kc

काठमाडौं,३ पुस । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनुपर्ने बताउनुभएको छ । मंगलवार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनसके अझ धेरै रकममा अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रहरुले प्रतिष्पर्धा गर्नसक्ने बताउनु भयो । उहाँले नेपाली चलचित्रमा विदेशी लगानीको प्रावधान नरहेको भएपनि आफूहरुले अहिले पहल गरिरहेको बताउनु भयो । चलचत्रि निर्माणका लागि आवश्यक सामग्रीहरु ल्याउने वातावरण नरहेको उहाँको गुनासो रहेको छ ।

उहाँले भन्नुभयो, ‘नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन सकियो भने हामीले अझ धेरै रकममा इन्टरनेशनल लेभलमा हाम्रो देशका फिल्महरुले प्रतिष्पर्धा गर्न सक्छन् । विदेशी लगानी यहाँ ल्याउने प्रावधान छैन । त्यसको लागि पहल गरिरहेका छौँ । शतप्रतिशत लगानी गर्न नपाएपनि ४९ प्रतिशत लगानी गर्नसक्ने व्यवस्थाका लागि पहल गरिरहेका छौँ । चलचत्रि निर्माणका लागि आवश्यक इक्क्वीपमेण्ट हामी ल्याउन सक्दैनौँ । त्यो वातावरण छैन । एउटा स्टुडियो छैन हामीसँग । अब चाँडै नै काभ्रेमा स्टुडियो बन्ने सम्भावना छ । सबैभन्दा ठूलो कुरा चलचित्रको नीति हो । हामीसँग मैले अभिनय थाल्नु भन्दा अघिको ऐनमा चलिरहेका छाँै ।’

अध्यक्ष केसीले चलचित्रका लागि सबैभन्दा ठूलो कुरा चलचित्र ऐन भएपनि पुरानो चलचित्र ऐनअनुसार अहिले चल्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);