इनारमा खसेकी महिलाको सकुशल उद्धार,पाटन अस्पतालमा उपचार हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

इनारमा खसेकी महिलाको सकुशल उद्धार,पाटन अस्पतालमा उपचार हुँदै

काठमाडौं, २ माघ । सोमबार बिहान ९ः५० बजेको समयमा ललितपुरको इमाडोलमा इनारभित्र खसेकी महिलाको सकुशल उद्धार भएको छ ।

दोलखा घर भई ललितपुर महालक्ष्मी न.पा.–३ खन्ना गारमेण्ट नबिनटोल बस्ने वर्ष २८ की नुतन प्रधान कपडा सुकाउने क्रममा इनार फुटेर खसेकी थिइन् ।

घरको कम्पाउण्ड भित्र रहेको ३० फिट गहिरो ईनारभित्र खसेको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, स.प्र.बल, नेपाल र ललितपुर म.न.पा.को दमकल सहितको उद्दार कार्यमा खटिएको थियो ।

टोलीले सकुशल उद्धार गरि थप उपचारको लागि पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);