काठमाडौं महानगरको साइबर सेक्युरिटी तालिमले प्रभाव कस्तो पर्ला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काठमाडौं महानगरको साइबर सेक्युरिटी तालिमले प्रभाव कस्तो पर्ला ?

ktm mahanagarpalika

काठमाडौं, २ माघ । काठमाण्डौ महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिदैछ । ‘रोजगारी र आय वृद्धि, काठमाण्डौको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार जनालाई तालिम दिने र ५ हजार जनालाई रोजगारीमा आबद्ध गराउने लक्ष्यसहित आजदेखि तामिल शुरु गर्ने महानगरले जनाएको छ ।

महानगरले ईसी काउन्सिल र ग्याप टेक्नोलोजीको सहकार्यमा तालिम दिन लागेको हो । यो सहकार्यबाट ५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान हुने महानगरले जनाएको छ । साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरूमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जोडिएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेशनहरूको आधिकारिकता, जोखिमको विषयमा सिकाइनेछ ।

अहिले ३४ विधामा तालिम दिन लागेको र आवश्यकता र मागका आधारमा अन्य विधा थप गर्ने महानगरले जनाएको छ । महानगरले १५ हजार जनालाई तालिम दिने लक्ष्य राखेकोमा साइबर सेक्युरिटी तालिमबाट मात्रै ४ हजार जना पुग्ने देखिन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);