काठमाडौं, १ माघ । नेपाल एक्टिभ प्रोडक्सन प्रा.लि.ले पहिलोपटक गर्न लागेको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड–२०२४ को आवेदन फारम खुल्ला गरेको छ। फारम भर्न गीतको नाम वा युट्युब लिंक,सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर आवश्यक पर्छ।
२०७९ सालदेखि २०८० पौष १५ भित्र उत्पादन भएका विभिन्न नेपाली गीत संगीत र फिल्मले अवार्डमा भाग लिन पाउनेछन्। गीत संगीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्ड कार्यक्रमको आयोजना गरिएको नेपाल एक्टिभ प्रोडक्सन प्रा।लि।लेका निर्देशक सुर्य मम्बा तामाङले बताएका छन् । यस्तै नेपाली गीत संगीतको संरक्षण र सम्बर्द्धनका साथै कलाकारहरुको मनोबललाई उच्च बनाउन कार्यक्रमको आयोजना गरिएको तामाङले बताए। यसैगरी सांगीतिक क्षेत्रमा क्रियाशील व्यक्तित्व र कामको मूल्याङ्कन र उनीहरूको कामलाई अझै हौसला प्रदान गर्न कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोकले जनाएको छ।
आधुनिक, लोक, पप, लोकदोहोरी, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न विधा अवार्डमा समावेश गरिने छ । गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, म्युजिक भिडियो निर्देशक, छायाँकार, सम्पादक, कोरियोग्राफर, मोडल सहित विभिन्न ५६ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। टप५ नोमिनेशन आगामी माघ तेश्रो साताभित्र सार्वजनिक गरिने छ भने अवार्ड समारोह फागुनमा काठमाडौँमा आयोजना हुनेछ।