अरुण जलविद्युत् आयोजनाको विस्तृत् परियोजना प्रतिवेदन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

अरुण जलविद्युत् आयोजनाको विस्तृत् परियोजना प्रतिवेदन

mathillo aarun

काठमाडौं, १० माघ । माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न नेपाल विद्युत् प्राधिकरण र चिनियाँ परामर्शदाता कम्पनी च्यान्जिङ इन्स्टिच्युट अफ सर्भे प्लानिङ डिजाइन एन्ड रिसर्च ।

(सीआइएसपीआर) बीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । प्राधिकरणका तर्फबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाका प्रमुख विश्वध्वज जोशी र सीआइएसपीआरका निर्देशक झाङ भिझियाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । आयोजना प्रमुख जोशीकाअनुसार सम्झौतालगत्तै विस्तृत् परियोजना प्रतिवेदन तयार पार्ने काम सुरु हुनेछ ।

सम्झौताबमोजिम आगामी दुई वर्षभित्र प्रतिवेदन तयार पार्नुपर्नेछ । त्यसका लागि एक अर्ब ३१ करोड ३० लाख खर्च लाग्ने बताइएको छ । विश्व बैंकले त्यसका लागि नेपाल सरकारलाई करिब दुई अर्ब सहयोग उपलब्ध गराएको छ । प्राधिकरणले वि.सं. २०४६ मा नै अध्ययन गरेको सो परियोजना लामो समयदेखि अगाडि बढ्न सकेको थिएन ।

अरुण तेस्रो जलविद्युत् आयोजनासँगै माथिल्लो अरुणको पनि प्रारम्भिक अध्ययन गरिएको थियो । प्रविधिमा आएको विकासका कारण आयोजनाको क्षमता करिब ७०० मेगावाटसम्म पुग्ने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);