लगानी सम्मेलनअघि नै लगानीमा बाधा हुने नीति नियम सच्याऔँः अध्यक्ष ढकाल | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

लगानी सम्मेलनअघि नै लगानीमा बाधा हुने नीति नियम सच्याऔँः अध्यक्ष ढकाल

काठमाडौं, २८ पुस ||
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्न बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताउनुभएको छ । शनिवार नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । आगामी लगानी सम्मेलनअघि नै लगानी गर्नका लागि बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताउनु भयो । अध्यक्ष ढकालले आन्तरिक उत्पादनलाई बढावा दिनुपर्ने हिसावको नीति सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीहरुलाई प्रत्येक दुई÷दुई वर्षमा सिआईपी दिने गरेको भएपनि लविङ गर्न नै एक वर्षको समय जाने गरेको गुनासो गर्नुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यातमा रहेको समस्याहरुलाई समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताउनु भयो । उहाँले एकद्वार सर्भिस छ भनेपनि हुने नगरेको गुनासो गर्नुभयो । उहाँले छिटो भन्दा छिटो निर्यात प्रवद्र्धनका लागि अनलाइन गेटवे खोलेर सिधै उद्यमीले विदेशमा निर्यात हुने सामग्रीको रकम सिधा आफ्नै खातामा आउने सरकारी व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालको अहिलेको आयात निर्यात भन्दा ९ गुणा बढी रहेकाले सरकारले निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो । अध्यक्ष मल्लले नेपाली हस्तकलालाई सीपमुलक र विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनाउनुपर्ने बताउनु भयो । उहाँले निर्यात प्रवद्र्धनमा एकद्वारा प्रणालीको कमी रहेकाले त्यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);