पोल्याण्डका राष्ट्रपतिले जेलमा रहेका पूर्वमन्त्रीहरूलाई फेरि माफी दिने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २४ २०८१, शनिबार

पोल्याण्डका राष्ट्रपतिले जेलमा रहेका पूर्वमन्त्रीहरूलाई फेरि माफी दिने

काठमाडौं, २८ पुस ||
पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले जेलमा रहेका पूर्वमन्त्री मारिउज कामिन्स्की र उनका डेपुटी मासिएज वासिकलाई पुनः माफी दिनुहुने भएको छ । राष्ट्रपति डुडाले उनीहरुलाई दोस्रो पटक माफी दिन लाग्नुभएको हो । उनीहरू शक्तिको दुरुपयोगको गरेकोमा दोषी ठहरिएका थिए । मार्च २०१५ मा, मारिउज कामिन्स्की र उनका डेपुटी मासिएज वासिकलाई २००७ मा भ्रष्टाचार गरेको ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, नोभेम्बर २०१५ मा कानून र न्याय (पीआईएस) पार्टी सत्तामा आएपछि डुडाले कामिन्स्कीलाई आन्तरिक मन्त्री बन्न अनुमति दिएर उनीहरू दुवैलाई माफी दिनुभएको थियो । जुन २०२३ मा मुद्दा डकेटमा फर्कियो र त्यही वर्षको डिसेम्बरमा कामिन्स्की र वासिकलाई सोही मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको थियो । बिहीबार कामिन्स्की र वासिकका पत्नीहरूसँग भेट गरेपछि डुडाले उनीहरुको अनुरोधमा दुवै पीआईएस राजनीतिज्ञहरूको लागि माफीको कार्यवाही शुरु गर्ने निर्णय गर्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);