प्रधानमन्त्रीलाई वामदेवको प्रश्नः भएको विद्युत विदेशीलाई बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

प्रधानमन्त्रीलाई वामदेवको प्रश्नः भएको विद्युत विदेशीलाई बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ ?

काठमाडौं, २४ पुस ||
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादन भएको विद्युत नेपालमै खपत गर्नुपर्ने बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भएको विद्युत अरु देशलाई बेचेर नेपालमा कसरी हरित अर्थतन्त्र निर्माण हुनसक्छ ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्नुभयो । उहाँले हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्नसक्ने बताउनु भयो । उहाँले हरित अर्थतन्त्रको विकास गरेको दिनबाट थप विद्युत उत्पादन गरी बिक्री गर्नुपर्ने बताउनु भयो । उहाँले विद्युत बिक्री गरिएका सम्झौतहरु खारेज गरेर नेपालमै हरित अर्थतन्त्रको विकास गर्नुपर्ने बताउनु भयो । सदस्य गौतमले सम्पूर्ण अर्थतन्त्रको आधार विद्युत बनाउनुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार