एजेन्सी,२४ पुस । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले पश्चिम एशियामा धेरै असुरक्षा, अस्थिरता र तनावको कारक अमेरिकी सेनाको उपस्थिति र हस्तक्षेपमा रहेको बताउनुभएको छ । इराक र अन्य क्षेत्रीय राज्यहरूमा अमेरिकी सेना र प्रतिरोधी समूहहरूबीचको पछिल्लो तनावबारे टिप्पणी गर्दै उहाँले इरानको राजधानी तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।
कनानीको टिप्पणीले पूर्वी बगदादमा हशद शाबी प्रतिरोधी समूहको मुख्यालयमा बिहीवार अमेरिकी सेनाले गरेको आक्रमणपछि हशद शाबीको हिस्सा रहेको हरकत अल–नुजाबा समूहका नेतासहित तीन जनाको मृत्यु भएको थियो ।
इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले शुक्रवार आफ्नो सरकारले इराकमा रहेको अमेरिकी नेतृत्वको गठबन्धनसँग विदेशी सेना फिर्ता गर्ने व्यवस्था मिलाउन समितिमार्फत वार्ता शुरु गर्ने बताउनु भयो । इराकी भूभागबाट अमेरिकी सेना फिर्ता गर्ने समय आएको कनानीले बताउनु भयो ।