एजेन्सी, २३ पुस ||
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमवार प्रहरीको गाडी नजिकै भएको बम बिस्फोटमा पाँच प्रहरीको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएको उद्धार र प्रहरी अधिकारीहरूले बताएका छन् । प्रदेशको बाजौर जिल्लामा सोमबवर बिहान प्रहरीको ट्रकलाई लक्षित गरी बम बिष्फोटक पदार्थ प्रहार भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई निशाना बनाइएको प्रहरीले जनाएको छ । घटना लगत्तै, उद्धार टोलीसहित प्रहरीको ठूलो टोली सो क्षेत्रमा पुगेको र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । सुरक्षा बलले उक्त क्षेत्रलाई घेरा हालेर वरपरका क्षेत्रमा खोजी अभियान शुरु गरेको छ । बिस्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।
उत्तरपश्चिम पाकिस्तानमा बिस्फोटः ५ जनाको मृत्यु, १४ घाइते
ताजा समाचार
प्रधानमन्त्री ओलीले डाके सत्तारूढ दलहरूको बैठक
२० घन्टा अघि
रास्वपाको सचिवालय बैठक आज
२३ घन्टा अघि
प्रचण्ड आज तेह्रथुम जाने
२३ घन्टा अघि