उदयपुर,२३ पुस । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ छन् ।
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–२ झण्डीपुर बस्ने २१ वर्षीय दिपन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
मगरलते ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।