राष्ट्रियसभा सदस्यको निर्वाचनमा २ हजार ४७ जनाले मतदान गर्न पाउने | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

राष्ट्रियसभा सदस्यको निर्वाचनमा २ हजार ४७ जनाले मतदान गर्न पाउने

काठमाडौं,२३ पुस । राष्ट्रियसभा निर्वाचनमा २०४७ जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार प्रदेशसभा सदस्य ५४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४९८ जना गरि कुल २०४७ जनाले मतदान गर्ने गर्ने भएका हुन् ।

सबैभन्दा धेरै मतदाता भने मधेश प्रदेशमा छन् । मधेशमा प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २६७ जना गरी कुल ३४७ जना मतदाता छन् । त्यस्तै कोशीमा ९३ जना प्रदेशसभा सदस्य र २७४ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३६७ जना मतदाता रहेका छन् ।

बागमतीमा ११० जना प्रदेशसभा सदस्य र २३७ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३४७ मतदाता छन् । गण्डकीमा ६० प्रदेशसभा सदस्य र १७० स्थानीय तहका जनप्रतिनिधि गरी २३०, लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य र २१८ स्थानीय तहका जनप्रतिनिधि गरी ३०५ जना मतदाता छन् ।

त्यस्तै कर्णालीमा ४० प्रदेशसभा सदस्य र १५६ स्थानीय तहका जनप्रतिनिधि गरी १९६ जना र सुदूरपश्चिममा ५२ प्रदेशसभा सदस्य र १७६ जना स्थानीय तहका जनप्रतिनिधि गरी २२८ जना मतदाता रहेका छन् ।

१९ सदस्य चयनका लागि ११ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्यका लागि सोमबार मनोनयन हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);