सुडानका सेना प्रमुखद्वारा अर्धसैनिक बलहरूसँगको मेलमिलाप अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुडानका सेना प्रमुखद्वारा अर्धसैनिक बलहरूसँगको मेलमिलाप अस्वीकार

काठमाडौं,२२ पुस । सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल–बुर्हानले सेनाले अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) सँग लडाइँ जारी राख्ने बताउनुभएको छ ।

विद्रोहीहरूसँग कुनै मेलमिलाप वा सम्झौता नहुने उहाँले स्पष्ट पार्नुभएको हो । उहाँले पूर्वसुडानी प्रधानमन्त्री अब्दल्ला हमडोकको नेतृत्वमा रहेको सुडानी राजनीतिक गठबन्धन, सिभिलियन डेमोक्रेटिक फोर्सेसको समन्वयको बीचमा हालै हस्ताक्षर गरिएको घोषणाको आलोचना गर्नुभयो ।

सुडानले १५ अप्रिल, २०२३ देखि एसएएफ र आरएसएफ बीचमा द्वन्द्व भइरहेको छ । संयुक्त राष्ट्र संघको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार यस लडाइमा १२ हजार भन्दा बढी मानिसहरू मारिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);