४ वटा संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

४ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं,२२ पुस । आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा सोह्रौं पञ्चवर्षिय योजना सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको बाँके जिल्लाहरूमा गरिएको बजार अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० लाई समिति समक्ष पेश गर्ने र गण्डकी प्रदेशको कास्की पोखरा र स्याङ्जा जिल्लाहरूमा गरिएको बजार अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० लाई समिति समक्ष पेश गर्ने कार्यसूचि छ ।

त्यस्तै बिहान ११ बजेबाट शुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्याब्सन, एनप्याब्सन र हिसान तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);