बुटवलमा पुननिर्मित जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

बुटवलमा पुननिर्मित जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण

बुटवल, २० पुस ||
सत्यनारायण मानन्धर ||
राष्ट्रपति रामचन्द्र पौडेलले बुटवलको जितगढी किल्लालाई नेपाल अंग्रेज युद्धको अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय स्थलको रूपमा प्रवर्द्धन गर्न आग्रह गर्नुभएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १ स्थित पुनर्निर्मित जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्दै राष्ट्रपति पौडेलले ऐतिहासिक र सामरिक महत्वको जितगढीको संरक्षणका लागि आग्रह गर्नुभएको हो । राष्ट्रपति पौडेलले अंग्रेज फौजलाई परास्त गरी नेपालले जितगढीको युद्धबाटै अन्तर्राष्टिय रूपमा राष्ट्रको मान्यता प्राप्त गरेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्णस्थल भएको उल्लेख गर्दै नेपाली सेनाले इतिहासमा देखाएको योगदानको स्मरण गराउनुभयो ।
यस्तै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले किल्लाको समयानुकूल प्रचार प्रसार र प्रवर्द्धन गर्दै पर्यटकीयस्थल बनाउन उपमहानगरपालिकाले योजनाबद्ध रूपमा काम अगाडि बढाएकोले प्रदेश र संघ सरकारकारलाई सहयोगकालागि समेत आग्रह गर्नुभयो ।
जितगढीमा युद्धकालकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ कमाण्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराईएको छ ।

Leave a Reply