काठमाडौं, १९ पुस ||
नेपाली काँग्रेसका सांसद उदय समशेर राणाले नेपाल पर्यटन बोर्ड आफ्नो उद्देश्य भन्दा बाहिर गएको बताउनुभएको छ । बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन बोर्डको उद्देश्य स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाँले पर्यटन बोर्डको मापदण्डअनुसार ६० प्रतिशत बजेट पर्यटन प्रवद्र्धनका लागि विदेशमा खर्च गर्नुपर्ने प्रावधान रहेको भन्दै सो बजेट खर्च भएको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले लण्डनको वल्र्ड टावर मार्केट टुरिजम फेयरमा ४० वर्षसम्म निरन्तर सहभागी भएको नेपाल यस वर्ष हुन नसकेको बारे पर्यटन बोर्डसँग जवाफ माग गर्नुभयो । सांसद राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं उपत्यकाका तीन वटै दरबार स्क्वायरमा सूचना डेस्क अहिले किन नराखेको हो ? भन्दै प्रश्न गर्नुभयो । विमानस्थलमा निजी क्षेत्रबाट सूचना डेस्क रहेको भएपनि सरकारी डेस्क नराख्नुको कारण माग गर्नुभयो ।
पर्यटन बोर्ड आफ्नो उद्देश्य भन्दा बाहिर गयोः सांसद राणा
ताजा समाचार
दुुधौली नगरपालिका
५३ मिनेट अघि
महेन्द्र माेरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप
१७ घन्टा अघि
सेयर बजारमा हरियाली,६ महिनापछि २८ सय विन्दुमाथि
१८ घन्टा अघि