काठमाडौं, १९ पुस ||
नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनमा राष्ट्रिय सभाको निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताउनुभएको छ । बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलहरुको बैठकले सिट बाँटफाँटको विषय अझै टुंग्याउन नसकेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक लेखकले सरकारमा सहभागी ४ राजनीतिक दल नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरुको बीचमा छलफल भएको तर सिट बाँटफाँटको विषय टुंगि नसकेको बताउनु भयो । उहाँले आज साँझ वा शुक्रवार बिहान पुनः बस्नेगरी बैठक सकिएको बताउनु भयो । प्रमुख सचेतक लेखकले एमालेसँगको छलफल समसामयिक राजनीतिक विषयमा भइरहेको बताउनु भयो ।
गठबन्धनमा राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट अझै टुंगो लागेन
ताजा समाचार
राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन अन्त्य
१६ घन्टा अघि




