चितवनमा कर नतिर्ने ४० करदाताको बैक खाता रोक्का | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

चितवनमा कर नतिर्ने ४० करदाताको बैक खाता रोक्का

९ जेठ चितवन ।
चितवनमा ४० जना राजशव दाखिला नगर्ने करदाताहरुलाई कार्वाही गरिएको छ । विगत लामो समय देखि राज्यलाई तिर्नु पर्ने राजस्व दाखिला नगरेपछि ती करदातालाई आन्तरिक राजस्व कार्यालय भरतपुरले कारबाही गरेका हो ।

चितवनमा कर नतिर्ने ४० करदाताको बैक खाता रोक्का

९ जेठ चितवन ।

चितवनमा ४० जना राजशव दाखिला नगर्ने करदाताहरुलाई कार्वाही गरिएको छ । विगत लामो समय देखि राज्यलाई तिर्नु पर्ने राजस्व दाखिला नगरेपछि ती करदातालाई आन्तरिक राजस्व कार्यालय भरतपुरले कारबाही गरेका हो । कार्वाहीमा परेका ति करदातालाई कानुनी कार्वाहीसगैँ बैंक खाता समेत रोक्का गरिएको कार्यालयका निमित्त प्रमुख कर अधिकृत डिल्लिराम पौडेलले जानकारी दिए । करमैत्री अभियान अन्र्तगत ५० हजार भन्दा माथि बक्यौता राख्ने विभिन्न २ सय करदातालाइ पत्राचार गरिएको उनले बताए । चालु आर्थिक बर्ष २०७३÷७४ को बैशाख मसान्तसम्ममा आन्तरिक राजस्व कार्यालय भरतपुरले १२ अर्ब ८३ करोड ४२ लाख ५४ हजार रुपैंया राजस्व संकलन गरेको छ ।

 

कार्यालयको राजस्व संकलनको लक्ष्य भन्दा १ सय १३ दशमलव ६५ प्रतिशत बढि राजस्व संकलन भएको पौडेलले बताए । कार्यालयले अन्त शुल्क बापत १० अर्ब ८४ करोड ४० लाख ७१ हजार रुपैंया राजस्व संकलन गरेको पौडेलको भनाइ छ । चितवनका दुई ठुला निजी मेडिकल कलेजलाइ ठुला करदातामा समावेश गरिएपछि स्वास्थ्य सेवा प्रदायक संस्थामा लगाइने राजस्व संकलनमा केहि कमी आएको छ । चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस भरतपुरलाइ गत बर्षदेखि ठुला करदातामा समावेश गरिएको हो ।

 

उनीहरुलाई ठुला करदातामा समावेश गरिए पनि आन्तरिक राजस्व कार्यालय भरतपुरमा तिनिहरुलाइ समेटिएर राजस्व संकलन लक्ष्य निर्धारण गर्दा कमि देखिएको हो । मेडिकल कलेजहरुलाइ ठुला करदातामा समावेश गरिएपछि उनिहरुले सिधै राजस्व विभागमा राजस्व दाखिला गर्नुपर्र्ने हुन्छ । गएको बैशाख महिनामा मात्रै कार्यालयले १ अर्ब ७६ करोड ६७ लाख ३० हजार रुपैंया राजस्व संकलन गरेको थियो । चालु आर्थिक बर्षको १० महिनाको अवधिमा ८ हजार ९ सय ५७ नयां करदाता दर्ता भई हाल करदाताको संख्या जम्मा ८० हजार १० जना पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);