काठमाडौं, १६ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरुको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको बताउनुभएको छ । सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बालकुमारी घटनालाई सामान्य रुपमा लिन नहुने जिकिर गर्नुभयो । उहाँले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरु राज्यका बिरुद्ध आक्रोशमा आउनु ठूलो घटना भएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘जुन घटना भएको छ, यसलाई हामीले फुटकर रुपमा लिएर छलफल गरिरहेका छौँ । मुलकुरा के हो भने हामीले गणतन्त्र, लोकतन्त्र ल्यायौँ, देशलाई औद्योगिकरण गर्न सकेनौँ । त्यस कारणले रोजगारीका लागि लाखौँलाख नेपाली युवाहरु विदेश जानप¥यो । यहाँनेर कुन चाहीँ अफिसिरले, कुन चाहीँ मन्त्रीले गल्ती ग¥यो भन्दा पनि हामीले जुन लोकतन्त्र र गणतन्त्र ल्यायौँ । नेपाली जनताले ठूलो आश गरेका थिए । अब अहिले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरु राज्यका बिरुद्ध आक्रोशमा आउनु यो ठूलो घटना हो । त्यसकारणले यसबाट हामीले के बुझ्नुपर्छ भने यो स्थितिमा हामीले फेरबदल गर्न सकेनौँ भने राष्ट्रको अस्तित्वकै प्रश्न छ । हामीले जुन बहुदलीय व्यवस्था ल्याएर राज्य सञ्चालन गरिरहेका छौँ, किन हामीले औद्योगिकरण गर्न सकेनौँ, किन युवालाई रोजगारी दिन सकेनौँ, किन यति धेरै युवाहरु विदेशीरहेका छन्, त्यहाँनेर हेर्नुपर्छ । युवाहरुको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुनसक्छ है ।’
सांसद केसीले लोकतन्त्र र गणतन्त्र ल्याएर जनतालाई के दियौँ भन्नेबारेमा समिक्षा गर्न जरुरी रहेको बताउनु भयो ।