काठमाडौं,१५ पुस । पर्सा क्रिकेट संघको आयोजनामा वीरगंजमा संचालित नेपाल प्रो क्लब च्याम्पियनसिप टि२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ ।
वीरगंजस्थित नारायणी रंगशालामा शनिबार भएको फाइनल खेलमा पर्सा-११ लाई १ सय रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उक्त उपाधिसँगै ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । पुलिसका लागि करण केसीले अवजित ४० रनको योगदान गरे । उनले केवल १७ बलमा पाँच छक्का प्रहार गरेका थिए ।
यसैगरी अर्जुन साउदले २६ रन, शंकर राणाले १९ रन, ओपनर दिलीप नाथले १७ रन, कप्तान आरिफ शेखले १६ रन, अमित श्रेष्ठले ७ रन, रशिद खानले ७ रन, सुनिल धमलाले २ रन, शेर मल्लले १ रन र सागर ढकालले १ रनको योगदान दिएका थिए ।
१ सय ४६ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पर्सा-११ ले ११ ओभरमा अलआउट हुँदै केवल ४५ रन मात्रै बनाएको थियो । बलिङतर्फ नेपाल पुलिस क्लबका बलर सागर ढकाल एक्लैले चार विकेट लिए ।
यसैगरी ललित राजवंशी र रासिद खानले दुईरदुई विकेट लिए भने करण केसी र शेर मल्लले समान एकरएक विकेट लिए । फाइनल खेलमा नेपाल पुलिस क्लबका करण केसी म्यान अफ द म्याच घोषित भए ।