काँग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवारका मापदण्ड तोक्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

काँग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवारका मापदण्ड तोक्ने

काठमाडौं,१५ पुस । नेपाली काँग्रेस राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि मापदण्ड बनाएको छ । बिहीवारबाट शुरु भएको पार्टीको केन्द्रिय कार्यसमितिको बैठक सकिएपछि शनिवार बैठकका निर्णय सार्वजनिक गर्दै काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले समितिको बैठकले सो मापदण्ड बनाएको बताउनु भयो । उहाँकाअनुसार अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटकपटक छुटेका व्यक्तिहरु र समुदाय तथा भुगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय बैठकले गरेको पनि बताउनु भयो । उहाँले बैठकले परिवर्तन भएकोमहासमितिको बैठकको मिति अनुमोदन गरेको छ ।

त्यस्तै समुदायमा काँग्रेस भन्ने कार्यक्रमलाई माघ ७ गतेदेखि २२ गतेसम्म सम्पन्न गर्ने, जाजरकोट र रुकुमपश्चिम केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित परिवारहरुको अस्थायी घर टहरा निर्माणमा एक हजार वटा बनाइसकेकोमा धन्यवाद दिने र बाँकी बनाउँदै जाने निर्णय गरेको बताउनु भयो । त्यस्तै बैठकले सरकारबाट दिइने अस्थायी घर टहरा निर्माणका लागि दिइने रकम चाँडो उपलब्ध गराउने र त्यसमा सरकारको विभिन्न संयन्त्रहरुलाई पनि प्रयोग गरेर चाँडो भन्दा चाँडो घरबार बिहीनलाई छानामुनि ल्याउनका लागि सरकारसँग माग गर्ने, ुशासनका क्षेत्रमा देखिएका केही समस्याहरुलाई केन्द्रिय समितिले उजागर गरेको र जनताले महशुस गर्नेगरी सुशासन सेवा प्रवाह गर्नका लागि सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, ‘बैठकले ५ वटा प्रश्ताव प्रश्तुत गरेको भएपनि निर्णयमा मुख्य नौ वटा निर्णय गरेको छ । यसमा समसामयिक राजनीतिक विषयमा राष्ट्रिय सभा समेतलाई जोडेर राष्ट्रिय सभाको उम्मेदवार कस्तो व्यक्तिलाई छनोट गर्ने भन्ने एउटा निश्चित मापदण्ड तोकेको छ । अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्तिहरु र समुदाय र भुगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय छ । महासमितिको बैठकको मिति परिवर्तन भएको थियो अनुमोदन गरेको छ । समुदायमा काँग्रेस भन्ने कार्यक्रमलाई माघ ७ गतेदेखि २२ गतेसम्म सम्पन्न गर्ने । जाजरकोट र रुकुमपश्चिम केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित परिवारहरुको अस्थायी घर टहरा निर्माण गर्ने, एक हजार घर बनाउने लक्ष्य राखेको थियो, नेपाली काँग्रेसले त्यो पूरा गरेकोमा धन्यवाद दिएको छ । साथै बाँकी घरहरु बनाउने क्रम पनि निरन्तरता दिने निर्णय गरेको छ । सरकारबाट दिइने अस्थायी घर टहरा निर्माणका लागि दिइने रकम चाँडो उपलब्ध गराउने र त्यसमा सरकारको विभिन्न संयन्त्रहरुलाई पनि प्रयोग गरेर चाँडो भन्दा चाँडो घरबार बिहीनलाई छानामुनि ल्याउनका लागि सरकारसँग माग गर्ने । सुशासनका क्षेत्रमा देखिएका केही समस्याहरुलाई केन्द्रिय समितिले उजागर गरेको छ । जनताले महशुस गर्नेगरी सुशासन सेवा प्रवाह गर्नका लागि सरकारसँग माग गरेको छ । हिजोमात्रै बालकुमारीमा भएको घटनामा दुई जनाको ज्यान गएको छ । कसको पक्षबाट कमजोरी भएको हो, सरकारले गठन गरेको समितिबाट सत्यतथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिनेकुरा, घाईतेहरुको उपचार र परिवारजनमा परेको जुन क्षति छ त्यसमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको छ ।’

बैठकले बालकुमारीमा भएको घटनामा दुई जनाको ज्यान गएकोबारे कसको पक्षबाट कमजोरी भएको हो, सरकारले गठन गरेको समितिबाट सत्यतथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिनेकुरा, घाईतेहरुको उपचार र परिवारजनमा परेको क्षतिमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);