सार्वजनिक जग्गामा निर्माण गरिएका टहरा हटाउँदै नगरपालिका | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

सार्वजनिक जग्गामा निर्माण गरिएका टहरा हटाउँदै नगरपालिका

विमल जैरु ||
डडेल्धुरा, १४ पुस ||
डडेल्धुरा सदरमुकामको बसपार्क पछाडी रहेको सार्वजनिक जग्गामा निर्माण गरिएका टहरा अमरगढी नगरपालिकाले हटाएको छ । नगरपालिकाले पटक पटक सूचना जारी गर्दा पनि अटेरी गरेपछि सार्वजनिक जग्गामा निर्माण गरिएका टहरामा डोजर लगाएर हटाउनु परेको नगरपालिकाले जनाएको छ । डडेल्धुरा सदरमुकामको बसपार्क पछाडी रहेको सार्वजनिक जग्गामा निर्माण गरिएका टहरा अमरगढी नगरपालिकाले हटाएसंगै व्यवसायीहरु आक्रोशित भएका छन् । सार्वजनिक जग्गामा टहरा निर्माण गरि व्यापार व्यावासाय गर्दै आएका व्यापारीहरुले कुनै व्यक्तिलाई भाडा दिदैँ आएपनि नगरपालिकाले ब्यवसाय गर्नका लागि अर्को ब्यवस्था नगरि चालेको कदमको ब्यवसायीले बिरोध गरेका हुन् । आफुहरुले गरिरहेको ब्यापारलाई नगरपालिकाले समय नदिएरै हटाए पछि लगानी डुबेर बिचल्लीमा परेको उनिहरुको गुनासो छ । तर बसपार्क पछाडी टहरामा व्यापार गर्दै आएका र दर्जनौ फलफुल व्यापारीहरुले नगरपालीकाले आफुहरुलाई चाँडो व्यापार व्यावसाय गर्ने बातावरण मिलाउनुपर्ने बताएका छन ।
नगरपालिकाको वडा नम्बर ५ अन्तरगत पर्ने बसपार्क क्षेत्रमा रहेका टहरा हटाउन पटकपटक सूचना जारी गर्दा पनि ब्यापारीहरुले वेवास्ता गरेपछि आफुहरु बाध्य भएर डोजर चलाउनु परेको नगरपालिकाले जनाएको छ । सडक बिस्तार गरी सुन्दर नगर बनाउन आफुहरु लागेको र बिस्थापित ब्यापारीहरुका लागि नगरपालीका क्षेत्रमा रहेका सार्वजनिक जग्गा नगरपालिका मातहत ल्याएर ब्यवस्थीत गरी व्यापारीक मल बनाउने योजना सहित उनिहरुलाई ब्यवस्थापन गर्ने नगरपालिकाले जनाएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरि टहरा बनाई स–साना व्यापार व्यावसाय गर्दै आएकाहरुलाई बिस्थापित गर्नुमात्रै ठुलो कुरा नभई उनिहरुलाई स्थापीत गर्नमा सरोकारवाला सबै निकायले ध्यान दिनु जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);