एजेन्सी, १४ पुस ||
गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २१ हजार ३२० पुगेको छ । गाजामा विगत २४ घण्टामा कम्तिमा २१० जनाको ज्यान गएको बताइएको छ । इजरायल–लेबनानी सीमामा अझै पनि आक्रमण जारी रहेको छ । आक्रमणबाट घाईते हुनेहरुको संख्या ५५ हजार भन्दा धेरै रहेको बताइएको छ ।





